नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने

होमल्याण्ड खबर

२०७८ कार्तिक २५ गते, बिहीबार १३:२५ मा प्रकाशित

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भोलि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।  नेपाल बार एसोसिएसनले आज पत्रकार सम्मेलन गर्दै भोलिदेखि प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको हो ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने जबरालाई भोलि सर्वोच्चमा प्रवेश गर्न दिदैनौं, नयाँ प्रधानन्यायाधीश नियुक्त नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् ।उनले भोलि १० बजे नै सर्वोच्च अदालत परिसरमा सम्पूर्ण कानून व्यवसायी भेला भएर प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने बताए ।