शुक्रबार सर्वोच्चका सबै बेन्च बहिस्कार गर्ने बारको घोषणा

होमल्याण्ड खबर

२०७८ कार्तिक २५ गते, बिहीबार १३:५९ मा प्रकाशित

नेपाल बार एसोसिएसनले भोलि (शुक्रबार) सबै बेन्च बहिस्कार गर्ने घोषणा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बारले आज (बिहीबार) यस्तो घोषणा गरेको हो ।

प्रधानन्यायाधीश जबराले कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा छ ।

प्रधानन्यायाधीश जबराविरुद्ध नारा लगाउँदै कानुन व्यवसायीहरुले बिहीबार सर्वोच्च अदालतमा प्रर्दशन गरेका छन् । प्रर्दशनका क्रममा प्रहरीसँग झडप हुँदा बारका महासचिव लिलामणि पौडेलसहित६ जना कानुन व्यवसायीहरु घाइते भएका छन् ।

प्रहरी दमनको विरोधमा भोलि शुक्रबार सम्पूर्ण इजलास बहिष्कार गर्ने बारका महासचिव पौडेल जानकारी दिए । अध्यक्ष चण्डेश्वर श्रेष्ठले पनि शुक्रबार सर्वोच्चको सबै इजलासको बहस पैरवी बहिस्कार गर्ने बताए ।