३० फाल्गुन २०८२, शनिबार
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुसँग छलफल गरेका छन । बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आफूनिकट शीर्ष तहका नेताहरुलाई उनले बोलाएर महाधिवेशन केन्द्रित छलफल गरेका हुन् ।
महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशरण लगायतका नेताहरु बालुवाटार पुगेका थिए ।


आसन्न महाधिवेशनका विषयमा छलफल गर्न देउवाले निकट नेताहरुलाई बोलाएको बताइएको छ। शनिबार वडा अधिवेशन हुने जिल्लाहरुको आफ्नो अवस्थाबारे छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
वडा अधिवेशन हुन नसकेका जिल्लामा कात्तिक २७ (शनिबार) बाट अधिवेशन प्रक्रिया सुरु हुन लागेको छ ।
सिन्धुपाल्चोकमा वडा अधिवेशन हुन बाँकी रहेका वडासहित डोल्पा, बाँके, कैलाली, सप्तरी, सुर्खेत, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रसुवा र रौतहटमा शनिबार वडा अधिवेशन हुँदैछ ।