३० फाल्गुन २०८२, शनिबार
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । नेपाल बार एसोसियनको धर्नाका बीच प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश गरेका हुन् ।
मुल गेटमा धर्ना दिइरहेका कानुन व्यवसायीलाई झुक्याएर प्रधानन्यायाधीश जबरा एक नम्बर गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका हुन् । सुरक्षाकर्मीहरुले उनलाई स्कर्टिङ गरेका थिए ।


एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ ।
प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक्ने उद्देश्यका साथ नेपाल बार र कानुन व्यवसायीहरु सर्वोच्चको अर्को मुख्य प्रवेशद्वारमै धर्नामा बसेका छन् ।