३० फाल्गुन २०८२, शनिबार
प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेका छन् । मुख्यमन्त्री राईले मंगलबार दिउँसो १२ः ३० मा बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
विश्वासको मत लिनुभन्दा दुई दिनअघि नै विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण उनले आज (आइताबार) नै सचिवालयमा दर्ता गरेको उनका स्वकीय सचिव सन्दीप राईले जानकारी दिए ।


कात्तिक १५ गते बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएका थिए । त्यसपछि कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री राईले प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।