३० फाल्गुन २०८२, शनिबार
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसियसनसहित कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्र गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले कानुन व्यवसायीहरुमाथि सामान्य बल प्रयोग गरेको छ । प्रहरीले केही कानुन व्यवसायीहरुमाथि लाठीचार्ज समेत गरेको छ ।
प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बारले आजपनि सर्वोच्चको गेटमै प्रदर्शन गरिरहेको छ । आज पत्रकारहरुलाई पनि सर्वोच्च प्रवेशमा रोक लगाइएको छ ।

