प्रधानन्यायाधीश जबरा आन्दोलन छल्दै सर्वोच्च प्रवेश गरे

होमल्याण्ड खबर

२०७८ कार्तिक २९ गते, सोमबार ११:२४ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । कानून व्यवसायीहरूको आन्दोलनलाई छल्दै उनी सर्वोच्च प्रवेश गरेका हुन् । विगतका दिनमा जस्तै उनी ‘चोर बाटो’ हुँदै सर्वोच्च प्रवेश गरेका हुन् । उनको राजीनामा माग गर्दै कानून व्यवसायीहरूले आज पनि सर्वोच्चको मुल गेटमा आन्दोलन गरिरहेका छन् ।

प्रदर्शनलाई छल्दै प्रधानन्याधीश जबरालाई सुरक्षाकर्मीले चोर बाटोबाट सर्वोच्च प्रवेश गराएको हो ।