प्रधानन्यायाधीशले आफूसहित १६ न्यायाधीशका लागि तोके १० वटा इजलास

होमल्याण्ड खबर

२०७८ कार्तिक २९ गते, सोमबार १२:१४ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफूसहित १६ न्यायाधीशका लागि १० वटा इजलास तोकेका छन्। सर्वोच्च अदालतले जारी गरेको दैनिक पेसी सूची अनुसार प्रधानन्यायाधीश राणाले आज सबै प्रकारका गरी २९८ मुद्दाको पेसी तोकेका हुन् ।

शुक्रबार र आइतबार आफ्ना लागि इजलास नतोकेका उनले आज आफ्ना लागि पनि एकल इजलास गठन गरेका छन्। जसमा पाँच मुद्दाको पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश र कानून व्यवसायीले आफ्ना लागि इजलास नतोक्न प्रधानन्यायाधीश राणालाई आग्रह गर्दै आएका छन्।बारले प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै रोक लगाउने भने पनि राणा दिनहुँ अदालत पुगेर पेशी तोकिरहेका छन् ।