३० फाल्गुन २०८२, शनिबार
नेपाली काँग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा नेपाली काँग्रेसले जित्यो भने के गर्छ काँग्रेसले भन्ने प्रश्नको जवाफ जनतालाई दिन सक्नुपर्ने बताएका छन् । सोमबार नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट काठमाडौ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई काँग्रेसलाई निर्वाचनमा जिताउनुपर्छ भन्ने प्रश्नले धेरै नछुने बताए ।
‘काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई हामीलाई निर्वाचन जिताउनुपर्छ भन्ने प्रश्नले धेरै छुँदैन । निर्वाचन जित्यो भने काँग्रेसले के गर्छ रु त्यो गर्ने कुराले उसको जीवनमा फरक ल्याउँछ भन्ने कुराले छुन्छ रु त्यो प्रश्नको उत्तर लिएर जाने नेपाली काँग्रेसको नेतृत्व हामीलाई चाहिएको छ’, थापाले महाधिवेशनले चयन गर्ने नेतृत्वप्रति लक्षित गर्दै भने, ‘अबको ५ बर्षमा काँग्रेसले केके गर्छ त्यसको जवाफ दिनुपर्छ ।’


उनले अदालतभित्र देखिएको समस्याका बारेमा पनि काँग्रेस प्रस्ट हुनुपर्ने धारणा राखे । भने, ‘अदालतभित्र हामी यत्रो ठुलो समस्या देखिरहेका छौ । अदालत स्वतन्त्र रहनुपर्छ, न्यायालय शुद्ध हुनुपर्छ । अदालतभित्रको नेतृत्व नै विचलित भयो भने न्याय मर्छ । स्वतन्त्र न्यायपालिका र अदालतको मर्यादाका लागि काँग्रेस लड्छ भन्ने विश्वास भएमात्रै एउटा मतदाताले रुख चिन्हमा मत हाल्छ ।’