प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै

होमल्याण्ड खबर

२०७८ कार्तिक ३० गते, मंगलवार १०:५९ मा प्रकाशित

 प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज विश्वासको मत लिँदै छन । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने छन । गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले विश्वासको मत दिन सांसदलाई ‘ह्वीप’ नै लगाएका छन । उनले विराटनगरको बिग होटलमा हिजो सांसदहरुको भेला गरेर ह्वीप जारी गरेका थिए ।

हिजो नै प्रदेशको सत्तासाझेदार कांग्रेसले विश्वासको मत दिने निर्णय गरिसकेको छ । तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएपछि गत १६ कात्तिकमा राई मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री राइले आफ्नो पक्षमा मत पुग्ने दाबी गरेका छन। नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जसपा सम्मिलित ५ दलीय गठबन्धनबाट राई मुख्यमन्त्री बनेका हुन ।