३० फाल्गुन २०८२, शनिबार
प्रधानन्यायाधीशसँग असन्तुष्ट सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा गैर जिम्मेवार देखिएको बताएका छन् । मंगलबार नेपाल बारसँगको छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीश गैरजिम्मेवार बन्दा लामो समयसम्म इजलास रोकिँएको बताए । उनीहरुले सोही कारण नागरिकको न्यायिक अधिकार प्रभावित भएको बताएका छन् ।
उनीहरुले नागरिकलाई कहिलेसम्म न्यायिक अधिकारबाट वञ्चित गर्ने भनेर प्रश्न समेत गरेका छन् । उनीहरूले इजलासमा जाने वा नजानेबारे भने स्पष्ट रूपमा केही बताएका छैनन् । छलफलमा१३ जना न्यायाधीश सहभागी थिए ।

