३० फाल्गुन २०८२, शनिबार
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि ९ इजलास गठन गरेका छन । प्रधानन्यायाधीश जबराले आफु बाहेकको इजलास गठन गरेका हुन। आजका लागि दुई एकल र सात संयुक्त इजलासमा सबै प्रकृतिका एक सय ८६ मुद्दाको पेशी तोकिएको छ ।
बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएका न्यायाधीश मध्ये ४ जनाले मंगलबार बन्दी बाहेकका मुद्दाको पनि सुनुवाइ गरेका थिए ।


आन्दोलनरत कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै मूल गेटमा धर्ना बस्दै आएका छन। जबरा भने आज पनि वैकल्पिक बाटोबाट अदालत प्रवेश गरिसकेका छन ।