पर्सीसम्म राजीनामा दिन जबरालाई बारको अल्टिमेटम

होमल्याण्ड खबर

२०७८ मंसिर १ गते, बुधबार १२:२३ मा प्रकाशित

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ । आज बारको कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन ।

प्रधान्यायाधीश जबराले जारी गरेको विज्ञप्ति आँखामा धुलो हाल्न ल्याइएको पनि अध्यक्ष श्रेष्ठले बताएका छन । प्रधानन्यायाधीश जबरासँग व्यक्तिगत नभएर न्यायालयमा विकृति ल्याएकाले आन्दोलनित हुनुपरेको बताए । जबराले सेवाग्राहीलाई सेवा पाउनबाट वञ्चित गरेको उनले आरोप लगाए ।

यस्तै, अध्यक्ष श्रेष्ठले जबराले गरेका विवादस्पद फैसालबारे पनि बारले अध्ययन गर्ने बताए । ‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेका फैसला नेपाल बारलाई दिन आह्वान गर्दछौं । उहाँले गरेका सबै विवादास्पद फैसलाबारे अब बारले अध्ययन गर्नेछ,’ उनले भने ।

प्रधानन्यायाधीश जबराविरुद्धको तेस्रो चरणको आन्दोलन पनि सुरु गरेको छ ।