प्रधानन्यायाधीश राणाले तोके ९ इजलास

होमल्याण्ड खबर

२०७८ मंसिर २ गते, बिहीबार ११:५८ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आजलाई ९ इजलास तोकेका छन् । आफूबाहेकका इजलास गठन गरेका प्रधानन्यायाधीश राणाले ९ इजलासमा २५९ मुद्दाको पेसी चढाएका छन्। प्रधानन्यायाधीश राणाले आफूविरुद्ध आन्दोलन जारी रहेकाले निवासबाटै इजलास तोक्ने गरेका छन् ।

नेपाल बार एसोसिएसनले हिजो प्रधानन्यायाधीश राणालाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको थियो । हिजो प्रधानन्यायाधीश राणालाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको थियो ।

आज पनि बारले तेस्रो चरणको आन्दोलनको दोस्रो दिन धर्ना जारी राखेको छ । आफूविरुद्ध आन्दोलन सुरु भएयता राणाले पहिलो पटक पूर्ण इजलास गठन गरेका छन् । १० नम्बर इजलासका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले भने आफ्ना लागि तोकिएका संयक्त इजलासका लिखत दर्ता बदरका मुद्दा भने सुनुवाइ गर्ने बताइएका छन् ।