प्रहरी ‘दमन’विरुद्ध अन्तर्राष्ट्रिय संस्थामा उजुरी गर्ने  नेपाल बारको चेतावनी

होमल्याण्ड खबर

२०७८ मंसिर २ गते, बिहीबार १२:५२ मा प्रकाशित

नेपाल बार एसोसिएसनले प्रहरीले गरेको ‘दमन’विरुद्ध अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थामा उजुरी गर्ने चेतावनी दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको आन्दोलनका क्रममा बिहीबार प्रहरीले ‘दमन’ गरेपछि बारले नेपालको मानव अधिकार आयोगसहित अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थामा उजुरी दिने चेतावनी दिएको हो ।

नेपाल बारका उपाध्यक्ष ईश्वरी भट्टराईले प्रहरीले आफूहरूमाथि बल प्रयोग गरेको, हतियारसहितका प्रहरी सर्वोच्च परिसरभित्र प्रवेश गरेको भन्दी आपत्ति जनाए । बिहीबार प्रहरीले लाठी प्रहार गर्दा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरे घाइते भएका थिए ।

प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउन भन्दै अदालतको मूल गेटमा धर्नामा बस्दै आएका कानुन व्यवसायी महान्यायाधिवक्ताको प्रवेशद्वार तर्फ अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।