३० फाल्गुन २०८२, शनिबार
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको सर्वोच्च अदालतका न्यायाधीहरुको पूर्ण बैठक (फुलकोर्ट) सुरु भएको छ । बैठक केहीबेर अघि सुरु भएको प्रधानन्यायाधीशको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ । यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि आजको बैठकमा सहभागी भएका छन् ।


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फुलकोर्ट बैठक सुरु भएको छ । केहीबेर अघिदेखि सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक सुरु भएको हो।
नेपाल बारले भने प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ।