कसैले चिन्दैनन् भन्नेलाई महाधिवेशनको नतिजामार्फत देखाउँछु : प्रकाशमान

होमल्याण्ड खबर

२०७८ मंसिर २ गते, बिहीबार १५:१७ मा प्रकाशित

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू विरुद्ध दुस्प्रचार गर्नेहरुले हद नाघेको टिप्पणी गर्दै महाधिवेशनमा नतिजामार्फत आफूलाई  चिने-नचिनेको देखाउने बताएका छन । प्रकाशमान सिंहलाई काठमाडौं बाहिर कसैले चिन्दैनन् भन्नेलाई महाधिवेशनमा नतिजामार्फत जवाफ दिने बताएका हुन ।

‘म ‘ग्रासरुट’ बाट राजनीति गरेर आएको मान्छे हुँ, राजनीतिमा सभ्यताको बहस हुने गरे पनि म विरुद् धअसभ्य टिप्पणी गरिएको छ, अब नतिजा महाधिवेशनले देखाउँला।’ आज सम्पादकहरुसँग छलफल गर्दै उनले भने।

सर्लाहीमा पार्टी कार्यकर्तासँगको कुराकानीमा महामन्त्री डा.शशांक कोइरालाले काठमाडौंबाहिर प्रकाशमानलाई धेरैले नचिन्ने गरेको बताएका थिए ।

त्यसको जवाफ दिँदै सिंहले काठमाडौंबाहिर चिनेको छैन भन्नेलाई महाधिवेशमार्फत नतिजाले देखाउने बताएका हुन ।