३० फाल्गुन २०८२, शनिबार
एमालेवाट टुक्रिएर बनेको माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ सरकारमा सहभागी भएको छ । केन्द्र देखि प्रदेश सरकारसम्म नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी भएको हो । पछिल्लो पटक जनता समाजवादी पार्टीका नेता लालवावु राउतले नेतृत्व गरेको प्रदेश २ नेतृत्वको सरकारमा दुई मन्त्री लिएर नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा सहभा िग भएको हो ।
नेकपा एसका तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र प्रमोद यादवले आज विहान मन्त्री पदको सपथ लिएका हुन् ।
महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले कानून न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले सपथ गराएका छद्धन् ।


नेकपा एसको प्रदेशसभामा १३ सांसद छन् । नेकपा एसले वागमति र प्रदेश १ को सरकारको नेतृत्व भने आफै गरेको छ ।