प्रधानमन्त्री देउवा पनि महाधिवेशन प्रतिनिधिमा चुनाव लड्दै

होमल्याण्ड खबर

२०७८ मंसिर ५ गते, आईतवार १५:४८ मा प्रकाशित

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने भएका छन । कांग्रेसको विधानअनुसार सभापतिदेखि केन्द्रीय समितिका सबै सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । सभापति देउवा भने आवश्यक नभए पनि डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने तयारीमा छन ।

देउवाले मन्जुरीनामा मार्फत उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक गोबिन्द राज बोहराले जानकारी दिएका छन ।

कांग्रेस विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ । उपधारा १ को (ग) मा भनिएको छ, ‘निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्य एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने छन ।’