३० फाल्गुन २०८२, शनिबार
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले १० औं राष्ट्रिय महाधिवशेनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । यसअघि महासचिवमा उम्मेदवारी दिन सक्नेबारे आफू निकटसँग छलफल गरेका भुसाल महाधिवशेन नजिकिँदै गर्दा उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
भुसाललाई धेरैतिरबाट उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको भुसालनिकट एक नेताले बताए । ती नेताका अनुसार महासचिवमा उठ्दा हार्न सकिने तर उपाध्यक्षमा भए नेतृत्वमा रहिरहन सहज हुने भुसालको बुझाइ छ। तर भुसाल स्वयमले भने अहिलेसम्म महाधिवेशनमा आफूले कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा केही जानकारी गराएका छैनन् ।


यसअघि आइताबार एमाले उपाध्यक्ष भीम रावलले १० औं महाधिवेशन मा अध्यक्ष पदका लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेसँगै उपाध्यक्षमा भुसालको नाम चर्चामा आएको हो ।