जबराले आजलाई तोके १० इजलास

होमल्याण्ड खबर

२०७८ मंसिर ७ गते, मंगलवार १२:४७ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबारका लागि १० वटा इजलास तोकेका छन् । जबराले आजका लागि ९ संयुक्त र एक एकल गरी १० इजलास तोेकेका छन् । उनले आज आफुलाई भने इजलास तोकेका छैनन् ।

प्रधानन्यायाधीश जबराले आज प्रकाशकुमार ढुंगानाका लागि एकल र न्यायाधीशहरु दीपककुमार कार्की, डा. कुमार चुडाल, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, सपना मल्ल, अनिलकुमार सिंन्हा लगायतको लागि संयुक्त इजलास तोेकेका हुन् । हिजो (सोमबार) पनि आफूलाई इजलास नतोकेका राणाले आज ती इजलासमा सबै किसिमको ५९२ मुद्दाको पेसी चढाएका हुन् ।