उद्योगपति विनोद चौधरी पनि काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन

होमल्याण्ड खबर

२०७८ मंसिर ७ गते, मंगलवार १३:०४ मा प्रकाशित

उद्योगपति विनोद चौधरी नवलपरासीबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । साँसदसमेत रहेका उनी मधेसी, अल्पसंख्यक कोटाबाट सर्वसम्मतरुपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

सोमबार भएको अधिवेशनमा चौधरी पनि महाधिवेशन प्रतिनिधि चयन भएको निर्वाचन अधिकृत चुडामणि कँडेलले बताएका छन् । पूर्वनवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ बाट मधेसी, अल्पसंख्यक कोटातर्फ चौधरी सर्वसम्मत चुनिए पनि बाँकी विभिन्न पदमा भने आज मंगलबार चुनाव हुँदैछ ।

यसअघि एमालेबाट साँसद हुँदै आएका चौधरी अहिले भने काँग्रेसबाट साँसद छन् । फोब्सको सुचीमा रहेका नेपालीका एकमात्रै धनाड्य चौधरीलाई कम्युनिष्टको सदस्य हुँदा अन्तर्राष्ट्रियस्तरमा असहज भएपछि एमाले छोडेर काँग्रेसमा प्रवेश गरेका हुन् ।