जबरालाई महाअभियोग लगाउन मागसहित बारले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

होमल्याण्ड खबर

२०७८ मंसिर १० गते, शुक्रबार १३:१० मा प्रकाशित

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । जबरालाई महाअभियोग लगाएर हटाउन आग्रह गर्दै बारले शुक्रबार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो। यसअघि बारले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित संसदमा प्रतिनिधित्व गर्ने दललाई ज्ञापनपत्र बुझाएको थियो ।

कार्यपालिकासँग मिलेर राजनीतिक भागबन्डा खोजेको, न्याय सम्पादनमा अनियमितता गरेकोजस्ता आरोप लगाएर जबराको राजीनामा माग्दै बार आन्दोलनमा छ । जबराको राजीनामा माग्दैं एक महिनादेखि धर्ना र विरोधका कार्यक्रम गर्दै आएको बारले राजनीतिक दलहरुको ध्यानाकर्षण गराउन थालेको छ ।