एमाले महाधिवेशन : अस्तव्यस्त चितवन (फोटो फिचर)

होमल्याण्ड खबर

२०७८ मंसिर १० गते, शुक्रबार १४:०१ मा प्रकाशित

नेकपा एमाले १० औँ महाधिवेशन चितवनमा  सुरु भएसंगै चितवन बजार क्षेत्र अस्तव्यस्त बनेको छ । महाधिवेशनका लागि देशै भरबाट चितवनमा आएका आगन्तुक र  विभिन्न स्थानकाट  निस्किएका जुलुसले  चितवन बजार अस्तव्यस्त बनेको हो  ।

वीरेन्द्र क्याम्पस, शहीद चोक, आँपटारी, हाकिमचोक, गैँडाकोट, केन्द्रीय बसपार्क, विशालचोक लगायत स्थानहरु भयावह बनेका छन । व्यवस्थापनमा देखिएको कमजोरीका कारण यति बेला चितवन मानव सागरले अस्तव्यस्त बनेको छ ।