चुनावको तयारीमा जुट्छौं, एकल बहुमत ल्याउनु छ : ओली

होमल्याण्ड खबर

२०७८ मंसिर १० गते, शुक्रबार १५:३५ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब चुनावको तयारीमा जुट्ने बताएका छन् ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी चुनावको तयारीतर्फ जाने छौं । एकल बहुमत ल्याउने छौं ।’

एमालेका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको उनको दाबी छ ।