३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस रूपान्तरणका लागि १० सूत्र अघि सारेका छन् । उनले पार्टीको आन्तरिक लोकतन्त्रमा पनि चुनौती उत्पन्न भएको भन्दै उनले परिवर्तनको आवश्यक रहेको पनि बताए । नेता पौडेलले पार्टीमा नीति र योजनाको पनि छलफल आवश्यक रहेको बताए । पौडेलले आज मात्रै कांग्रेसको अबको बाटो र रुपान्तरणका १० सुत्र सार्वजनिक गरेका छन् ।

