३० फाल्गुन २०८२, शनिबार
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध चुनिएका छन् । निर्धारित समय अवधिभित्र ट्रेड युनियनको कोटामा अन्यको उम्मेदवारी नपरेको हुनाले उनीहरु निर्बिरोध चुनिएका हुन् ।
ओलीले आइतबार रातिको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गरे अनुसार जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जु कुमारी थापामगर र सीता लामा सर्वसम्मत एमालेको केन्द्रीय सदस्य बनेका हुन् ।


एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि सर्वसम्मत भएका छन् । अध्यक्षसहित अन्य पदहरुमा भने निर्वाचनको तयारी भइरहेको छ ।