३० फाल्गुन २०८२, शनिबार
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले आफूले केन्द्रीय सदस्य त्यागेको र अब पार्टीको सामान्य संगठित सदस्यमात्रै भएर बस्ने बताएका छन् । केपी ओलीले केन्द्रीय सदस्यमा सिफरिस गरेको भए पनि पण्डितले केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका हुन् ।
‘मैले त्यागिदिएँ अब संगठित सदस्य भएर बस्छु, त्यो पनि रहन दिएनन् भने त्यागिदिन्छु , उनले भने । एमाले नेता पण्डितले यसअघि आफू पदाधिकारीमा चुनाव लड्ने बताएका थिए । खास गरी उनले पार्टीको सचिव पदमा मागदाबी गरेका थिए । तर, केपी ओलीले घोषणा गरेको १९ सदस्यीय पदाधिकारीको सूचीमा पण्डितको नाम नपरेपछि उनले केन्द्रीय सदस्यसमेत त्यागेर संगठित सदस्यमात्रै रहने घोषणा गरेका हुन् ।

