एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित

होमल्याण्ड खबर

२०७८ मंसिर १४ गते, मंगलवार १५:५९ मा प्रकाशित

घनश्याम भुसाल नेकपा एमालेको दसौं महाधिवेशनबाट उपाध्यक्षमा पराजित भएका छन्।

मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले जम्मा जम्मा ७२५ मत मात्रै पाए। अरू ६ जना उम्मेदवारभन्दा कम मत पाएसँगै उनी उपाध्यक्ष पदमा पराजित भएका हुन्।

उपाध्यक्षमा सबैभन्दा धेरै अष्टलक्ष्मी शाक्यले मत पाएकी छन् भने दोस्रोमा सुरेन्द्र पाण्डेले रहेका छन्। शाक्यले १९७६ मत ल्याएकी छन् भने पाण्डेले १९२५ मत ल्याएका छन्।