३० फाल्गुन २०८२, शनिबार
सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथाबाट इजलास गठन र पेसी तोकिँदै छ । यसअघि प्रधानन्यायाधीशको स्वविवेकमा इजलास गठन हुँदै आएकोमा गोलाप्रथा सुरु भएसँगै अब प्रधानन्यायाधीशको अधिकार कटौती हुने छ । योसँगै प्रधानन्यायाधीशले मुद्दाको पेसी तोक्ने व्यवस्था पूर्णरुपमा अन्त्य हुनेछ ।
केही दिनअघि सर्वोच्चको फुलकोर्ट बैठकले इजलास गठनमा गोलाप्रथा सुरु गर्ने निर्णय गरेपछि सर्वोच्च अदालत नियमावली संशोधन भएर राजपत्रमा प्रकाशित भइसकेको छ ।


गोलाप्रथा सुरु गर्न न्यायाधीश मीरा खड्का नेतृत्वको समितिले कार्यविधि तयार गरेको थियो । सोही कार्यविधिअनुसार अब इजलास गठन र मुद्दाको सुनुवाइ हुनेछ ।
कोरोना संक्रमणका कारण अस्पतालमा रहेकाले प्रधानन्यायाधीश जबरा पहिलो पटक हुन लागेको गोलाप्रथामा सहभागी हुने छैनन् ।
प्रधानन्यायाधीशले स्वार्थअनुसार पेसी तोकेको र मुद्दा प्रभावित गरेको भन्दै कानुन व्यवसायी र सर्वोच्चकै न्यायाधीशहरुले समेत आपत्ति जनाउँदै आएका थिए ।
चौतर्फी आलोचना र अध्ययनको निष्कर्षअनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पनि गोलाप्रथा लागू गर्न तयार भएका थिए ।