आजदेखि राप्रपाको महाधिवेशन, अध्यक्षमा थापा र लिङ्देन भिड्ने

होमल्याण्ड खबर

२०७८ मंसिर १५ गते, बुधबार ०९:४० मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सुरु हुँदैछ । राप्रपाको आजदेखि काठमाडौंमा एमकताको महाधिवेशन हुन लागेको हो । कमल थापा, पशुपति शम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाको एकता पछि पार्टीको पहिलो महाधिवेशन हुँदैछ ।

१७ गतेसम्म चल्ने महाधिवेशनबाट झण्डै चार हजार प्रतिनिधिहरूले राप्रपाको नयाँ नेतृत्व चयन गर्ने छन् । महाधिवेशनबाट राप्रपाको १४७ सदस्यीय कार्य समिति चयन हुनेछ । अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले दाबी गरेका छन् ।

लिङ्देनलाई लोहनीले पनि समर्थन गर्ने घोषणा गरेका छन् । यस्तै लिङ्देनलाई डा। धवलशमशेर राणापनि साथ दिने बताएका छन् । अर्का अध्यक्ष राणाले आफू तटस्थ बस्ने घोषणा गरेका छन् । अध्यक्ष थापालाई नेताहरू दीपक बोहोरा लगाएतको साथ रहेको छ । राप्रपा महाधिवेशनमा नेतृत्व परिवर्तनको आवाज उठेको छ ।