गाेला प्रणालीबाट पेसी ताेकियाे, ८ संयुक्त २ एकल इजलास, २ सय १७ मुद्दा

होमल्याण्ड खबर

२०७८ मंसिर १५ गते, बुधबार ११:३० मा प्रकाशित

र्सोच्च अदालतमा गोला प्रथा प्रणालीबाट पेसी तोकिएको छ। बुधबार पहिलो दिन १० वटा इजलास गठन भएका छन्। जसमा दुई वटा एकल इजलास रहेको छन् भने ८ वटा संयुक्त इजलास रहेका छन्।
इजलास नं. २ मा न्यायाधीश मीरा खड्का र इजलास नम्बार ५ मा न्यायाधीश कुमार चुडालको एकल इजलास तोकिएको छ भने न्यायाधीशरु दिपकुमार कार्की र टंंकबहादुर मोक्तानको इजलास नं. १ संयुक्त इजलास रहेको छ।

यस्तै, इजलास नं. ३ मा न्यायाधीशद्वय हरि कृष्ण कार्की र सुष्मालता माथेमा, ४ मा विश्वम्भर श्रेष्ठ र वमकुमार श्रेष्ठ, इजलास नं. ६ मा आनन्दमोहन भट्टराई र मनोज कुमार शर्माको संयुक्त इजलास तोकिएको छ।

इजलास नम्बर ७ मा  अनिल कुमार सिन्हा र श्री कुमार रेग्मी, ८ मा प्रकाशमान सिंह राउत र हरि प्रसाद फुयाल, ९ मा सपना प्रधान मल्ल  र श्री प्रकाश कुमार ढुंगाना र १० मा तेज बहादुर के सी र नहकुल सुवेदीको संयुक्त इजलास तोकिएको सर्वोच्च अदालतले जनाएको छ।

न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलास मुद्दाको सुनुवाइका लागि नभइ पुरानो फैसलामा भएको त्रुटिको संशोधनका लागि गठन गरिएको हो। १० वटा इजलास गरि २ सय १७ वटा मुद्दाहरू पेसीमा ताेकिएका छन्।