राप्रपा महाधिवेशन शुरु, उद्घाटन सत्रमा प्रचण्ड सहभागी

होमल्याण्ड खबर

२०७८ मंसिर १५ गते, बुधबार १४:०७ मा प्रकाशित

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशन शुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हिन्दुवादी पार्टी राप्रपाको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका छन् । उनी अतिथिको रुपमा सम्बोधनका लागि राप्रपाको उद्घाटनसत्रमा सहभागी भएका हुन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, मालेका महासचिव सीपी मैनालीलगायतका नेताहरु पनि अतिथिको रुपमा सहभागी छन् ।