कांग्रेस महाधिवेशन : उद्घाटन भृकुटीमण्डपमा, निर्वाचन राष्ट्रियसभा गृहबाट

होमल्याण्ड खबर

२०७८ मंसिर १६ गते, बिहीबार १५:४१ मा प्रकाशित

 कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्र भृकुटीमण्डपमा हुने भएको छ । उद्घाटन सत्र भृकुटीमण्डपमा सम्पन्न गरेपछि निर्वाचन कार्यक्रम राष्ट्रियसभा गृहबाट सुरु गरिने कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिएका छन ।

केन्द्रीय नेतृत्व चयनका लागि तीनवटा मतदान केन्द्र तोकिएका छन। प्रवक्ता शर्माका अनुसार भृकुटीमण्डप, महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृह गरी तीन ठाउँलाई मतदान केन्द्रका रुपमा प्रयोग गरिने भएको छ ।

प्रवक्ता शर्माले पार्टीको प्रविधि विभागले विद्युतीय मतदानको व्यवस्था गरेपनि अहिले पार्टीले त्यसबारे निर्णय गरिनसकेको जानकारी दिए । मंसिर २४ गतेबाट कांग्रेसको केन्द्रीय महाधिवेशन सुरु हुँदै छ ।