चुनावतिर सबैले ध्यान दिन देउवाको सुझाव

होमल्याण्ड खबर

२०७८ मंसिर १६ गते, बिहीबार १७:०० मा प्रकाशित

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावतिर सबैको ध्यान हुनुपर्ने बताएका छन् । १४ औं महाधिवेशनले कांग्रेसलाई थप बलियो बनाउँदै निर्वाचन सफल बनाउने विश्वास व्यक्त गरेका हुन् ।

सात प्रदेशमा आजदेखि सुरु भएको कांग्रेस अधिवेशनको भर्चुअल उद्धाटन गर्ने क्रममा देउवाले लोकतन्त्र बलियो भएमात्रै विकास हुने बताएका छन् । लोकतन्त्र बलियो बनाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको उनले बताए ।

वीपी कोइराला र अन्य नेताले छोडेर गएको विचारकै आधारमा कांग्रेस अघि बढिरहेको उनको दाबी छ । १४ औं महाधिवेशन ऐतिहासिक हुने बताए । प्रदेश अधिवेशन कांग्रेसमा पहिलोपटक हुन लागेकाले उनले ऐतिहासिक महाधिवेशनको संज्ञा दिएका छन् ।