३० फाल्गुन २०८२, शनिबार
नेकपा (एमाले)का नव निर्वाचित अध्यक्ष केपी ओलीले आज पद बहाली गर्ने भएका छन् । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा हुने विशेष समारोहमा अध्यक्ष ओलीले पद बहाली गर्ने कार्यक्रम रहेको एमालेका नव नियुक्त उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
कार्यक्रममा सहभागी हुन एमालेले नवनिर्वाचित पदाधिकारी, केन्द्रीय कमिटी सदस्य र केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरुलाई आग्रह गरेको छ।


एमाले अध्यक्ष ओली हालै चितवनका सम्पन्न पार्टीको दसौँ महाधिवेशनमा नेता भीम रावललाई पराजित गरी दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन्।