अध्यक्षमा राप्रपा युवा नेता राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

होमल्याण्ड खबर

२०७८ मंसिर १९ गते, आईतवार ०७:३६ मा प्रकाशित

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १७१ बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।

पार्टीको चार दिनदेखि राजधानीमा जारी महाधिवेशनको अन्तिम दिन हिजो नेतृत्वका लागि चुनाव भएका थियो । रातिदेखिनै भएको मतगणनाको भरखरै प्राप्त नतिजा अनुसार लिङदेनले थापालाई १ सय ७१ मत अन्तरले हराउँदै पार्टीको अध्यक्ष जितेका हुन।

यसअघि तीन अध्यक्ष रहेको राप्रपालाई अब एकल अध्यक्षका रुपमा लिङदेनले हाँक्नेछन् ।