३० फाल्गुन २०८२, शनिबार
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् । कोरोना संक्रमणको जोखिम कायम नै रहेकाले धेरै मानिस उतारेर शक्ति पदर्शन नगर्ने देउवाले बताएक हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान आफू निकट केही पत्रकारहरुसँगको कुराकानीमा देउवाले पार्टीको अधिवेशन भएकाले जनतालाई नउतार्ने बताएका हुन् ।


उनले पार्टी सभापति फेरि पनि आफ्नो दाबी रहने पनि पत्रकारहरुलाई बताएका छन् ।