३० फाल्गुन २०८२, शनिबार
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो विजयलाई राजसंस्थासँग जोडिएकोप्रति खेद व्यक्त गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै लिङ्देनले आफ्नो विजयलाई राजसंस्थासँग जोडिनु दुर्भाग्यपूर्ण र खेदजनक भएको बताएका हुन् ।
अध्यक्ष पदमा लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भएका कमल थापाले पार्टीमा निर्मल निवासको हस्तक्षेप भएको बताएका थिए । त्यसबारे पत्रकारहरुको प्रश्नमा लिङ्देनले भने, ‘मेरो विजयलाई राजासंस्थासँग तान्नु दुर्भाग्यपूर्ण र खेदजनक छ । यो महाधिवेशन प्रतिनिधिप्रतिको अविश्वास हो ।’


लिङ्देनले राप्रपाका पूर्वअध्यक्षहरु बस्ने गरेको कोठाभन्दा बाहिरको अर्कै कोठामा पदभार ग्रहण गरेका छन् । उनले पूर्वअध्यक्ष कमल थापाका लागि सो कोठा र कुर्सि आफूले राखिदिएको बताएका छन् ।