राजदूतको कामको अनुगमन गर्न संसदीय संयन्त्र चाहिन्छः जितेन्द्र देव

होमल्याण्ड खबर

२०७८ मंसिर २० गते, सोमबार १४:२३ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले विभिन्न देशमा रहेका राजदूतहरुको कामको अनुगमन गर्न संसदीय संयन्त्र चाहिने बताएका छन् ।

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइका क्रममा सांसद देवले नेपाली दूतावास र नियोगहरुले गरेका कामबारे अनुगमन गर्न संसदीय संयन्त्रको आवश्यकता रहेको बताएका हुन् ।

‘राजदूतहरुलाई सुनुवाइ गरेर पठाएपछि त्यसपछि अनुगमन गर्ने मेकानिजम आवश्यक हुने बताए । मेकानिजम भएमा नियोगका काम कारबाहीमा ध्यान पुग्ने उनको दाबी छ ।

सांसद देवले राजदूतले काम गर्दा आफू राज्यकै प्रतिनिधि हुँ भन्ने सोच राख्नुपर्ने पनि बताए ।

 

सरकारले भारतका लागि डा शङ्कर शर्मा, बेलायतका लागि  ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतमा प्रस्ताव गरी सुनुवाइका लागि संसद्मा पठाएको हो ।