पदाधिकारीका उम्मेदवार टुङ्गाे लगाउन देउवापक्ष छलफलमा

होमल्याण्ड खबर

२०७८ मंसिर २५ गते, शनिबार १०:५९ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहमा पदाधिकारीका उम्मेदवारी छान्न आन्तरिक छलफल भइरहेको छ । शनिबार बिहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा पक्षीय नेताहरु छलफलमा छन् ।

बालुवाटारमा पदाधिकारीका दाबेदार नेताहरुसँग सभापति देउवाले छलफल गरिरहेको बुझिएको छ । छलफलमा संस्थापन पक्षका शिर्ष नेताहरुकाे सहभागिता रहेकाे छ । सभापतिमा देउवा उम्मेदार हुने यस अघि नै घाेषणा भैसकेकाे छ भने बाँकी पदाधिकारीमा क- कसलाई उम्मेदवार बनाउने वारेका छलफल भैरहेकाे सहभागी एक नेताले बताए। उपसभापतिमा वर्तमान सभापति विजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्काले दाबी गरेका छन् ।

यता महामन्त्रीमा गृहमन्त्री बालकृष्ण खाण, सहमहामन्त्री प्रकाशशरण मत, नेता एनपी साउद, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रवक्ता विश्वप्रकाश शर्माले दाबी छ । यता नेता कृष्णप्रसाद सिटौला समूह पनि देउवा पक्षसँग जोडिने भएको छ । सिटौलाले महामन्त्रीमा प्रदीप पौडेलको नाम अगाडि सारेका छन् ।