शेखरको टिमबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीको उम्मेदवार

होमल्याण्ड खबर

२०७८ मंसिर २५ गते, शनिबार १४:३९ मा प्रकाशित

नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाको टिमबाट डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा महामन्त्रीको उम्मेदवार बन्ने भएका छन् । रामचन्द्र पौडेल सभापतिको उम्मेदवार नबन्ने भएपछि यो समूहका नेताहरुले शेखर कोइरालाको नेतृत्वमा टिम बनाएको छ ।

महामन्त्रीमा विश्वप्रकाश शर्मालाई ल्याएर डा. रिजाललाई उपसभापतिमा लैजाने छलफल पनि भएको थियो । तर डा. रिजाल र थापा नै महामन्त्रीको उम्मेदवार तय भएको एक नेताले जानकारी दिए । उनका अनुसार अरु पदाधिकारी र केन्द्रीय सदस्यहरुको टिम बनाउने काम भइरहेको छ ।