३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आगामी निर्वाचनमा पार्टीको बहुमत ल्याउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन्।
निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको सफल कार्यान्वयन गर्न कांग्रेसले भूमिका निर्वाह गर्नुपर्ने भएकोले त्यसको नेतृत्वमा आफूले दाबी गर्नुपरेको बताएका हुन्।


पार्टीको जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि उनले भने, ‘आगामी निर्वाचनमा नेपाली कांग्रेसको सरकार बनोस । एकमना सरकार बनोस्। र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जुन हामीले ल्याएका छौं। त्यो प्रणालीको सफल कार्यान्वयन गराउनु आजको आवश्यक्ता हो। नेपाली काँग्रेसको माध्यामबाट संघीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था र हामीले बनाएको संविधानको सफल कार्यान्वयन गर्नका लागि नेपाली जनतालाई अपिल गर्न चाहन्छु कि कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत दिनुहोस्।’