उपत्यका विशेषसहित एमालेको आठ प्रदेश अध्यक्ष चुनिए

होमल्याण्ड खबर

२०७८ मंसिर २६ गते, आईतवार १६:४४ मा प्रकाशित

नेकपा एमालेले उपत्यका विशेष प्रदेश सहित आठ वटा प्रदेशमा अध्यक्ष तोकेको छ । भक्तपुरमा शनिवार बसेको केन्द्रीय कमिटी बैठकमा एमालेले प्रदेश अध्यक्षहरुको नाम प्रस्ताव गरेको हो ।

प्रस्तावित नामअनुसार, प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, प्रदेश २ को अध्यक्षमा रामअवतार यादव, बागमती प्रदेशको अध्यक्षमा केशवराज पाण्डे, गण्डकी प्रदेशको नवराज शर्मा, लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णाली प्रदेशको विनोदकुमार शाह, सदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी छन् ।

यस्तै, उपत्यका विशेष प्रदेश अध्यक्षमा प्रेम पराजुलीलाइ प्रस्ताव गरिएकाे छ ।