३० फाल्गुन २०८२, शनिबार
नेकपा एमालेले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ ।
भक्तपुरको गट्ठाघरस्थित जर्मन होम पार्टी प्यालेसमा आज बसेको केन्द्रीय कमिटी बैठकले सातवटै प्रदेशमा इन्चार्ज तोकेका हो ।


एमालेले प्रदेश १ को इन्चार्जको जिम्मेवारी देवराज घिमिरेलाई दिएको छ भने प्रदेश २ को जिम्मेवारी रघुवीर महासेठलाई दिएको छ ।
यस्तै, वागमती प्रदेशको इन्चार्जमा काशीनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट तोकिएका छन् ।