सरकारले कोरोना परीक्षण शुल्क घटायाे

होमल्याण्ड खबर

२०७८ माघ ५ गते, बुधबार १६:३८ मा प्रकाशित

सरकारले कोरोना भाइरसको संक्रमण परीक्षण पीसीआर शुल्क घटाएको छ। सरकारले अब सरकारी अस्पतालमा आठ सय र निजी अस्पतालमा १२ रुपैयाँसम्म कायम गरेको थियो।

यसअघि कोरोना परीक्षण शुल्क सरकारी अस्पतालमा एक हजार र निजीमा दुई रुपैयाँ रहेको थियो।

सरकारले परीक्षण शुल्क घटाउनका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा समिति गठन गरेको थियो। उक्त समितिले सरकारीमा आठ सय र निजी अस्पतालमा १२ सय सम्म बनाउन सकिने सुझाएको थियो।

उक्त सुझावका आधारमा सरकारले पीसीआर शुल्क घटाएको हो।