१२ मंसिर २०८१, बुधबार
एकै दिन सुनको मूल्य १ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मूल्य तोलामा १२ सय रुपैंयाले बढेर ९६ हजार ७ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै बढ्दै ९६ हजार २ सय रुपैयाँ पुगेको छ । यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले वृद्धि हुँदै मंगलबार एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।