बुधबार प्रतितोला १६ सयले घट्यो सुनको मुल्य

होमल्याण्ड खबर

२०७८ फाल्गुन ४ गते, बुधबार ११:१९ मा प्रकाशित

बुधबार सुन-चाँदीको मूल्य घटेको छ ।

आज सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति‌औंस १८ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।