९ मंसिर २०८१, आईतवार
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित भेरी नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित जामु र ताखाकुना जोड्ने भेरीमा पक्की पुल निर्माणको ९० प्रतिशत काम पूरा भएको छ । जामुस्थित भेरीमा लुम्बिनी–हिम्दुङ जेवी कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको हो । सो पुलको लम्बाइ ३५० मिटर छ । सम्झौताअनुसार पुल बनाउने अवधि पाँच वर्ष भए पनि तोकिएको अवधिभन्दा छिट्टै पुल निर्माण सम्पन्न हुन लागेको निर्माण कम्पनीका इञ्जिनियर दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।
हामीले समयमै पुल निर्माण सम्पन्न गर्याैँ उनले भने, अहिले पुलको बीच भागमा प्लाष्टर गरिएको छ ’ उनले स्थानीयवासी, राजनीतिक दल, कर्मचारीको उत्साहजनक साथ र सहयोगका कारण पुल समयमै निर्माण हुन लागेको बताए । यही भदौभित्र पुल निर्माण गरिसक्ने उनको भनाइ छ । पुल सुरक्षाका लागि चार सय मिटर भन्दा बढीमा नदी किनारामा ढुङ्गा भर्ने काम गरिएको ट ।
यसअघि पुल नहुँदा ज्यान जोखिममा राखेर ढुङ्गा चढ्ने गरिन्थ्यो । पञ्चपुरी नगरपालिकाको बाबियाचौर तथा सुर्खेत सदरमुकाम ज्यान जोखिमा राखेर जानुपर्ने बाध्यता रहेको पञ्चपुरी– १० जामुका सुरेन्द्र विष्टले बताए ।