न्यायाधीश–वकिल घुस डील प्रकरण छानबिन गर्न तीन सदस्यीय गठन

होमल्याण्ड खबर

२०७९ असार ८ गते, बुधबार १६:५५ मा प्रकाशित

साढे ५ अर्ब बढी ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई छाड्न न्यायाधीश र वकिलले २ करोडको बार्गेनिङ गरेको विषय छानबिन गर्न न्यायपरिषद्ले छानबिन समिति गठन गरेको छ ।

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले परिषद् सदस्य रामप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो।

इच्छाराजलाई छुटाउने नाममा अधिवक्ता रुद्र पोखरेलले जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालासँग बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि न्याय क्षेत्र तरंगित छ।

उक्त अडिओमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौला पनि जोडिएका थिए।